काठमाडौं, भदौ ।
उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको हो ।
काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सन लाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको भन्दै कर खारेज गर्न माग गरेका छन् ।
इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर लाइन पड्किन्छ भनी जिम्मेवार निकायबाट भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाए ।
अध्यक्ष घिसिङले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग व्यापक रुपमा बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा ७०- ८० प्रतिशतसम्म भन्सार कर बढाएर पुनः पेट्रोल- डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति सरकारले लिएको उल्लेख गरे ।
यस्तै उनले राईड सेयरिङ र २०र३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थुपारिएको भन्दै गरे । घिसिङले शिक्षा र स्वास्थ्यमा लगाइएको भ्याट ९कर० हटाएकोमा सरकारलाई धन्यवाद दिए ।