२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

देशमा सर्वसत्तावाद स्थापित हुने खतरा : अध्यक्ष लिङदेन

बुधवार , कार्तिक १९, २०८३

 

काठमाडौं, कात्तिक ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखापरेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आइजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखापरेको बताए।

उनले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको शिकार हुने जोखिम बढेको बताए।

उनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले राप्रपाका कार्यकर्ताहरूले निराश हुनुपर्ने अवस्था नरहेको बताए।

उनले देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको बताए। उनले व्यक्तिगत र सत्ता स्वार्थबाट पार्टीलाई मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार