२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल

प्रधानमन्त्रीलाई सभामुखको रुलिङ : ' सांसदहरूको प्रश्नको जवाफ दिनू '

सोमवार , भाद्र १, २०८३

 

 

काठमाडौं, भदौ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा आएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोधलाई जारी राखेपछि सभामुख अर्यालले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।

 

सभामुखले भने,' प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिने म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।

' सीमा सम्बन्धी अभिव्यक्तिको र प्रश्नोत्तरमा सहभागी भइ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित बिपक्षी दलले लामो समयदेखि सदनमा विरोध जनाउँदै आएका छन् ।

सभामुखको निर्देशनपछि बिपक्षी दलका सांसदहरुले आसन ग्रहण गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार