२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

इन्डोनेसियामा ७ं.७ म्याग्निच्युडको भूकम्प : ' कम्तीमा १४ जनाको मृत्यु '

शनिवार , श्रावण ३०, २०८३

 

काठमाडौं, साउन ।

इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्विपलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकाले मृतकको संख्या प्रारम्भिक मात्र रहेको र घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

स्थानीय उद्धारकर्मीहरूले भने मृतकको संख्या २० पुगिसकेको दाबी गरेका छन्।

प्रशान्त महासागरीय भूकम्प तथा मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय शनिबार बिहान ४ ५८ बजे १५ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो।

भूकम्पको मुख्य धक्कापछि ६।१ म्याग्निच्युडका शक्तिशाली पराकम्पहरू समेत महसुस गरिएका छन्।

पूर्वी नुसा तेङ्गारा प्रान्तका गभर्नर इम्यानुएल मेल्कियाडिस लाका लेनाका अनुसार अधिकांश मानिसहरूको सुतिरहेकै अवस्थामा घर तथा संरचना भत्किँदा पुरिएर मृत्यु भएको हो।

भूकम्प लगत्तै मौसमी निकायले सुनामीको चेतावनी जारी गरे पनि समुद्री सतहमा कुनै ठूलो परिवर्तन नदेखिएपछि करिब तीन घण्टापछि सुनामी चेतावनी हटाइएको थियो।

सुनामीको डरले तटीय क्षेत्रका हजारौँ मानिसहरू सुरक्षित उच्च स्थानतर्फ भागेका थिए। भूकम्पका कारण घर, अस्पताल, धार्मिक स्थल र सरकारी भवनहरूमा व्यापक क्षति पुगेको छ।

मौसमी निकायले सर्वसाधारणलाई शान्त रहन र पराकम्पको जोखिम बाँकी नै रहेकाले कमजोर संरचनाबाट टाढा रहन आग्रह गरेको छ।

इन्डोनेसिया भूकम्पीय दृष्टिकोणले अत्यधिक जोखिमपूर्ण मानिने ुप्यासिफिक रिङ अफ फायरु मा अवस्थित रहेकाले यहाँ बारम्बार भूकम्प र ज्वालामुखी जाने गर्दछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार