२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

इरान-ओमान वार्ता

रिपोर्ट भन्छ : ' स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा '

शनिवार , श्रावण २३, २०८३

 

वासिङ्टन डीसी, साउन ।

इरान र ओमानबिच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्तापछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन ।

नाम न छाप्ने सर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरान र ओमान, जलमार्गको सिमानामा रहेका दुई राष्ट्रबिचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता हुने अपेक्षा गरेको जनाएको छ ।

अधिकारीले व्यावसायिक ढुवानी पुनस्र्थापना गर्ने सम्झौता घोषणा भए पछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहको नाकाबन्दी हटाउनेसमेत बताएको रोयटर्सले उल्लेख गरेको छ ।

आगामी कदम इरानले आफ्ना दायित्व कसरी पूरा गर्छ भन्ने विषयमा निर्भर हुने कुरामा जोड दिँदै अधिकारीले  इरानले आफ्ना प्रतिबद्धताको कार्यान्वयन गर्ने अमेरिकी अपेक्षा व्यक्त गरेका छन ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलमार्ग संयुक्त राज्य अमेरिका र इरानबिचको वार्ता सम्भावित सम्झौताको नजिक पुग्दा इन्धनको मूल्य घट्न सक्ने आशा व्यक्त गरेका थिए ।

फक्स न्यूजका अनुसार, वार्ताको प्रगतिले तेल ढुवानीका लागि विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापार मार्ग होर्मुजलाई स्थिर बनाउन मद्दत गर्ने र वार्ता सफल भए पेट्रोलको मूल्य कम हुने आशा बढेको छ ।

राष्ट्रपति ट्रम्पले इरानले आणविक हतियार भण्डारण सुरक्षित गर्न नहुने अमेरिकी अडान  कायम राख्दै ओभल अफिसमा पत्रकारसँग इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । केहि सुरक्षा चिन्ताका विषयमा अझै सहमती हनु बाँकी भए पनि छलफलमा सकरात्मक प्रगती भइ रहेको उनले बताएका छन ।

होर्मुज जलमार्गमा निर्वाद आवागमनको सुरक्षा सुनिश्चितता कायम भए पछि अमेरिकी नौ-सेनाको नेतृत्वमा भएको नाकाबंदी नियन्त्रण गर्ने तयारी गरिरहेको पनि उनले बताए ।

अर्को तर्फ, इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद एबन-ए-रेजाले देशको सशस्त्र बल कुनै पनि बाह्य खतराको सामना गर्न पूर्णरूपमा तयार रहेको र इरानको सैन्य शक्ति यसको स्वदेशी रक्षा उद्योगमा निहित रहेको कुरामा जोड दिएको इरानको इराना समाचार एजेन्सीले जनाएको छ । - एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार