२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

सभापति थापाले भने : 'राजनीतिलाई शक्ति र सत्ताको माध्यम मात्र नलिऔँ '

शनिवार , श्रावण १६, २०८३

 

काठमाडौं, साउन ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन्। पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनुपर्नै बताएका हुन्।

 

राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उनले बताए।

उनले सीपमा आधारित विपद् व्यवस्थापनमा जोड दिदै विपद्को समयमा उद्धार गर्न भावना, इच्छा र स्वतःस्फूर्त कार्य मात्र पर्याप्त नहुने धारणा राखे।

सबै ७५३ वटै पालिकाहरूमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिदै उनले संयन्त्रले घटना घटेपछि मात्र सक्रिय हुने नभई निरन्तर रूपमा विपद् सचेतनाका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्ने बताए।

प्राकृतिक प्रकोपका पीडितहरूप्रति गहिरो समानुभूति हुनुका साथै उनीहरूको आर्थिक र व्यक्तिगत क्षतिलाई बुझ्न सक्नुपर्ने उनको भनाइ छ।

उनले मानवीय जीवन र सहानुभूतिभन्दा सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिने आधुनिक प्रवृत्तिको आलोचना समेत गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार