काठमाडौँ, पुस । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष श्री किशोरजङ्ग कार्कीज्यूको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०८१- ०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।
बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८१ - ०८२ को एकीकृत (Consolidated ) वित्तीय विवरण पनि पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।
प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको आप्नो बैंकिङ्ग सञ्जालको माध्यमबाट ३७ लाखभन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
बैंकको २४औं वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंक लि. को उत्तरोत्तर उन्नती प्रगतिको शुभकामना, शुभेच्छा प्रकट गर्नुुहुने शेयरधनी महानुभावहरु एवं सञ्चारकर्मी लगायत सम्बन्धित सबैमा प्रभु बैंक लि. को तर्पmबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।