२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

प्रतिनिधिसभा बैठक : ' राष्ट्र ऋण विधेयक पारित'

आइतवार , आषाढ १४, २०८३

 

काठमाडौँ, असार ।

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेकाे सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्, उनले भने, तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राखेकाे संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार