२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायल - इरान जारी संघर्ष

सहर छाड्दै इरानी : ट्रम्पले भने - " राजधानी तेहरान खाली गर "

इरानको परमाणु क्षेत्रमा आक्रमण : इजरायल

मंगलवार , आषाढ ३, २०८२

 

काठमाडौँ, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल - इरान जारी संघर्षका बीच इरानको राजधानी तेहरान तत्काल खाली गर्न सुझाव दिएका छन् । उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, मैले जुन सम्झौताको कुरा गरेको थिए, त्यसमा इरानले हस्ताक्षर गर्नुपर्छ । तर इरानले मानेको छैन, यो निकै लज्जास्पद र मानव जीवनको बर्बादी हो ।

आफूले बारम्बार इरानसँग परमाणु हतियार हुन नहुने बताइरहेको र अब सबैले तेहरानलाई तत्काल खाली गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्प जी सेभेन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन क्यानडा गएका थिए । तर उनी तत्कालै फर्किँदैछन् ।

मध्यपूर्वमा देखिएको अवस्थाका कारण आफू फर्किएको उनको भनाइ छ । यस्तै न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले इरानको फोर्डो परमाणु साइटमा आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा विचार गरिरहेका छन् । यो क्षेत्र जमिनको निकै तल सतहमा रहेको छ । यसलाई नष्ट गर्ने क्षमता केवल अमेरिकासँग मात्र छ ।

म्यासिभ अर्डनेन्स पेनेट्रेटरबाट मात्र यस्तो क्षेत्रमा आक्रमण गर्न सकिन्छ । यो बमलाई बी- २ बमवर्षकबाट खसालिन्छ । रिपोर्ट अनुसार यदि अमेरिकाले यस क्षेत्रमा आक्रमण गरेमा सिधै इरानसँग अमेरिकाको पनि युद्ध मानिनेछ । यद्दपी यो समाचार एक विश्लेषणका रुपमा प्रकाशित गरिएको छ ।

trumpp-.jpg
undefined

शहर छाडेर भाग्दै इरानी नागरिक

इरानको राजधानी तेहरानबाट कैयौं मानिसहरु भागिरहेका छन् । मिडियामा प्रकाशित भिडियोहरुमा शहर छाड्दै गरेका नागरिकहरुको लामो लाइन सडकमा देख्न सकिन्छ ।

समाचार एजेन्सी एपीका अनुसार इरानको हवाई क्षेत्र बन्द भएपछि र ट्याक्सीसमेत नपाउँदा मानिसहरु सीमा क्षेत्रसम्म पुग्न सकेका छैनन् । यता इजरायलले आफ्ना नागरिकलाई जोर्डन र मिश्र हुँदै देश छाड्न सक्ने बताएको छ । तर यी देशमा यहुदीहरुका लागि सम्भावित खतरनाक मानिएको छ ।

अहिलेसम्मको रिपोर्ट्सअनुसार इरानी आक्रमणमा परी इजारयलमा २४ जना मारिएका छन् भने इजारायलको आक्रमणमा परी २२४ जना मारिएका छन् ।

यस्तै मंगलबार बिहान इरानको परमाणु क्षेत्रमा इजरायलले आक्रमण गरेको इजरायलको दाबी छ । न्यूक्लियर क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार