२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ट्रम्प - जेलेन्स्की वार्ता

वार्ताका क्रममा भनाभन : " ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन भने..."

' राष्ट्रपति ट्रम्पले जेलेन्स्कीमाथि लज्जास्पद व्यहवार गरे ' : डेमोक्र्याटस्र

शनिवार , फाल्गुण १७, २०८१

 

काठमाडौं, फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा भनाभन भएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिएका छन्।

ह्वाइट हाउसमा आफ्ना उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो। जेलेन्स्की महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौता गर्न अमेरिका पुगेका हुन्।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने भनेपछि दुई नेताबीच भनाभन भएको हो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की कुराकानी छोडेर निस्किए।

बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकासँग खनिजसम्बन्धी र युद्धविराम सम्बन्धी रुसँग कुनै सम्झौता नहुने ​प्रतिक्रिया दिए। युक्रेन - अमेरिका सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्धभन्दा धेरै माथि रहेको बताए।

उनले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद दिए। यता ट्रम्पले सामाजिक सामाजिक सञ्जालमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।

दुई राष्ट्रपतिबीच मतभेद बढेपछि पत्रकार सम्मेलन पनि रद्द गरियो। बैठकमा जेलेन्स्कीमाथि लज्जास्पद व्यहवार गरेको भन्दै डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार