२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

बंगलादेशमा  बिद्यार्थी बिद्रोह 

अन्तरिम सरकार प्रमुख  : "  नोबेल पुरस्कार विजेता युनुस बने "

बुधवार , श्रावण २३, २०८१

 

काठमाडौँ, साउन ।  नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशका अन्तरिम सरकार प्रमुख बनेका छन् । राष्ट्रपति शहाबुद्धिनका प्रेस सचिवले मंगलबार राति यो जानकारी दिएका हुन् । 


यो निर्णय संसद भंग गरेपछि राष्ट्रपति र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि लिइएको हो । यसमा तीन सशक्त बलका सुरक्षाकर्मीका प्रमुख पनि सहभागी रहेका थिए । 

यता पूर्व प्रधानमन्त्री शेख हसिना केही समय भारतमै रहने बताइएको छ । गत सोमबार पदबाट राजीनामा दिएर उनी भारत भागेकी थिइन् । 

उनलाई बेलायतले शरणमा लिन नमानेको बताइरहँदा उनी केही समय भारतमै रहने भएकी हुन् । 

बेलायती सरकारले बंगलादेशमा विरोध प्रदर्शन चलिरहँदा उनीमाथि कारबाही हुन सक्ने संकेत गरेसँगै उनी भारतमै सुरक्षित रहने भएकी हुन् । 

पीटीआईका अनुसार हसिनालाई हाल सुरक्षित स्थानमा राखिएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार