२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

बंगलादेशमा बिद्यार्थी बिद्रोह

 भारत आएकी हसिना बाहिरिइन्   : " प्रधानमन्त्रीमा  भित्रिदै युनुस् ! "

मंगलवार , श्रावण २२, २०८१

 

काठमाडौँ,  साउन  ।  प्रधानमन्त्री पदबाट राजीनामा दिइ बंगलादेशबाट भागेर भारत आएकी शेख हसिनाले भारत छाडेकी छिन् । 

हिंडन एयरबसमार्फत सोमबार साँझ स्थानीय समयअनुसार भारतको हिंडन आएकी हसिना मंगलबार बिहान भारत छाडेकी हुन् । 

सी–१३० ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उनले भारत छाडेकी हुन् । यद्यपि उनी कहाँका लागि उडिन् भन्ने यकिन भएको छैन । 

मिडिया लेख्छन,  उनी बेलायतको लण्डन वा फिनल्याण्ड वा अन्य कुनै देशमा जानसक्ने आँकलन भइरहेको छ । 

 

प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस

यता हसिना भागेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । 

आन्दोलित विद्यार्थी नेताहरुले प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस गरेका छन् । 

युनुसले हसिनाले राजीनामा दिएर भागेपछि बंगलादेश बल्ल स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘जबसम्म हसिना प्रधानमन्त्री थिइन् तबसम्म हाम्रो देश गुलामी गरिरहेको थियो । उनले सबै चिजमा तानाशाह शैलीमा नियन्त्रण गर्थिन् । आज देशका सबैले स्वतन्त्र महसुस गरेका छन् ।’

हसिना प्रधानमन्त्री हुँदा उनको पार्टी अवामी लिगले उनीमाथि १९० उजुरी दर्ता गराएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार