२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले सचिवालय बैठक

एमाले बैठक निर्णय   : " दाहाल नेतृत्वको सरकारलाई  दिएको समर्थन फिर्ता लिने "

बुधवार , आषाढ २०, २०८१

 

काठमाडौँ, असार । एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । 

राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

'प्रधानमन्त्रीलाई भेटेर आजै जानकारी गराउनुहुनेछ,  प्रमुख सचेतक बर्तौलाले भने ।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार