काठमाडौँ, असार । नेपाली कांग्रेसले महासमिति बैठकबाट पारित पार्टीका दस्तावेजहरु केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उनले बताए ।
कांग्रेसको गत फागुनमा भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अलग अलग दस्तावेज पेश गरेका थिए ।