काठमाडौँ, असार । संसद्मा बजेटबारे छलफल सकिएर पारित गर्ने बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
दलका नेता एवम् सभापति शेरबहादुर देउवाले असार ७ गते शुक्रबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।
संसदीय दलको कार्यालयका अनुसार बैठक असार ७ गते दिउँसो ३ बजे बस्नेछ । बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यालयले जनाएको छ ।