२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस महासमिति बैठक

महासमिति बैठक छलफल : " कम्युनिष्टसँग हिँड्न नपर्ने बहस गरौँ "

'पार्टी र मुलुकलाई सकारात्मक बाटोमा अघि बढाउने गरी निष्कर्षमा पुग्न आवश्यक' : डा.कोइराला

आइतवार , फाल्गुण ६, २०८०

 

काठमाडौँ, फागुन ।  पार्टीले आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरुको पछि लागेर हिँड्न नपर्ने गरी महासमिति बैठकमा छलफल र बहस गर्नुपर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् । 

महासमिति बैठकको सम्मुखमा आफैँले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले देशभरिबाट आएका प्रतिनिधि र नेताहरुलाई सम्बोधन गर्दै महासमिति बैठकका अपरिहार्य कार्यभारहरुबारे जानकारी गराएका थिए ।

महासमिति बैठकबाट पार्टी र मुलुकलाई सकारात्मक बाटोमा अघि बढाउने गरी निष्कर्षमा पुग्न आवश्यक रहेको उनको जोड थियो । 

पार्टी संगठन निर्माण र परिचालन, समयमै महाधिवेशन, निर्वाचन प्रणालीमा सुधार, गठबन्धनका विषयमा नीतिगत स्पष्टता जस्ता विषयहरुमा महासमिति बैठकमा छलफल गर्नुपर्ने कोइरालाले बताएका छन् ।

‘म जिल्ला - जिल्ला घुम्दाखेरि साथीहरुले 'के हामी सधैं कम्युनिष्टको पछि लागेर हिँड्ने हो ? ' भनेर प्रश्न गर्नुहुन्छ। 

हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ,' कोइरालाले भने, 'महासमिति बैठकबाट यसबारे बृहत छलफल गरेर निष्कर्षमा पुग्नु आवश्यक छ । '

'अहिले हामी देशभरि सरकारमा छौँ, फेरि पनि हामीप्रति जनलहर बढिरहेको छैन । भोट प्रतिशत घटिरहेको छ । यस्तो किन भइरहेको छरु यसबारे हामीले महासमितिबाट निष्कर्षमा पुग्नुपर्छ ।'

उनले पछिल्ला निर्वाचनमा कांग्रेसले ७ प्रतिशत भोट गुमाएकोप्रति पार्टीभित्र छलफल नै नभएको बताए । नेता कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा समस्या रहेको भन्दै त्यसबारे पनि महासमिति बैठकले निर्णय गर्नुपर्ने बताए ।

'हामीहरुको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ कि यो निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरु संसदीय प्रणाली भन्छौं ।' 

अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौं, हुन सक्दैन,' उनले भने, 'के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि रु भन्नेतिर पनि हामी जानुपर्छ ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार