काठमाडौँ, बैशाख । सत्ता गठबन्धन १० दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सो बैठकले आगामी वर्षको बजेट, यसका सिद्धान्त र प्राथमिकताबारे छलफल सुरू भएको छ । बैठकले समसामयिक राजनीतिबारे समीक्षा र आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता तय गर्नेबारे छलफल भएको छ ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा गठबन्धन दलहरूबीच साझा अवधारणा बनाउनेबारे छलफल भएको जानकारी दिएका छन ।
‘लामो समयपछि गठबन्धनका शीर्ष नेताहरूको बीचमा छलफल भयो । अब वैशाख २४ गतेबाट संघीय संसद्को अर्को अधिवेशन बोलाइएको छ,’ उनले भने, ‘त्यसपछिको संसद्को अधिवेशनमा के–के कामहरू गर्ने भन्नेबारे छलफल भयो ।
मूलतः बजेटका सिद्धान्त र प्राथमिकताहरू के(के हुने ? त्यसमा गठबन्धन दलहरूबीच एक रुपता ल्याउनुपर्ने कुरामा छलफल केन्द्रित भयो ।’
नेता लेखकले बैठकमा प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दललाई सरकारमा सामेल गराउने र रिक्त मन्त्रालयहरूको पूर्णता दिने विषयमा भइरहेको छलफलबारे जानकारी दिएका छन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भएको बताए ।