२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस पदाधिकारी बैठक

सरकार गठनबारे छलफल : " गठबन्धनले अंकुश लगायाे कांग्रेसको दावीमा "

कांग्रेसको  दाबी  ८ मन्त्रालयमा ,  गठबन्धनभित्र ७ दिन सकिने कुरा भएको बिफ्रिङ 

आइतवार , चैत्र १२, २०७९


काठमाडौँ, चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराही शनिबार साँझ  बैठक बसेको  हो ।  बैठकबारे जानकारी गराउँदै  उपसभापति पूर्णबहादुर खड्काले सञ्चारकमीर्लाइ  भने, मन्त्रालयको भागबन्डामा कांग्रेसले पाउने मन्त्रालयको संख्या टुंगो लागि सकेको  छैन । 

बैठकमा  छलफलका उपसभापती खड्काले पार्टीबाट ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको कांग्रेस एक पदाधिकारीले बताए । 

प्रधानमन्त्री दाहालले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेको  जनाइएको छ ।   गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।

 बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको जनाइएको छ ।  उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको एक नेताले बताए ।

उपचुनावका लागि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको  जनाइएको छ । 

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ । वैशाख १० मा प्रतिनिधसभाका बारा-२, चितवन(२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार