२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रुस - युक्रेन द्वन्द्व

पुटिन - सीबीच  वार्ता  : " द्वन्द्वको शान्तिपूर्ण समाधानबारे छलफल "

' द्वन्द्व समाधानको उपाय वार्ता भएको उल्लेख '

मंगलवार , चैत्र ७, २०७९

 


काठमाडौँ , चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल भएको छ । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार पत्रकारहरूलाई दुई मुलुकका शीर्ष नेताबीच युक्रेनसँगको द्वन्द्व अन्त्य गर्ने चिनियाँ शान्ति योजनाबारे छलफल भएको बताएका हुन् । 

सोमबारको वान - टु- वान वार्तामा युक्रेनसँगको द्वन्द्वको समाधानको उपायबारे छलफल भएको प्रवक्ता पेस्कोभले बताए ।   दुई जनाबीचको कुराकानीमा केही ठोस निष्कर्ष निस्कियो त भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, 'अहिले नै मैले सबैकुरा भन्दिनँ । दुई जना नेताहरूको वक्तव्य पर्खनुहोस् ।'

रुसी समाचार संस्था तासका अनुसार प्रवक्ता पेस्कोभले भने इन्धन सम्झौता, सैन्य तथा प्राविधिक विषयमा छलफल भए / नभएको केही खुलाएनन् । प्रवक्ता पेस्कोभलाई उद्धृत गर्दै तासले लेखेको छ, ' यसबारेमा नेताहरूले आफ्नो वक्तव्यमै खुलाउनु हुनेछ।'

चिनियाँ विदेश मन्त्रालयले गत फेब्रुअरीमा युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानबारे १२ बुँदे दस्ताबेज प्रकाशित गरेको थियो । जसमा युद्धविराम, वैधानिक सुरक्षा चासोमाथि सम्मान, युक्रेनको मानव संकटको समाधान, मस्को र किभबीच बन्दीहरूको आदानप्रदान र एकपक्षीय प्रतिबन्ध हटाउनेलगायतका विषय छन् । दस्ताबेजमा द्वन्द्व समाधानको एक मात्र उपाय वार्ता भएको पनि उल्लेख छ ।  - एजेन्सी

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार