२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस कार्यसम्पादन समिति बैठक

प्रवक्ता डा.महतले भने :" प्रधानमन्त्रीले चैत ८ भित्रै विश्वासको मत लिनुहुन्छ "

विश्वासको मतपछि सरकारमा जानेबारे छलफल गर्ने

बुधवार , चैत्र १, २०७९



काठमाडौँ, चैत । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ८ गतेभित्रै विश्वासको मत लिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले  जानकारी दिएका छन । 

केन्द्रीय कार्यालयमा बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल निर्वाचित भएकोमा शुभकामना दिँदै उनलाई निर्वाचित गराएकोमा गठबन्धन दलहरू आबद्ध सांसदलाई आभार व्यक्त गरेको छ ।

बैठकले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार