२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नयाँ सरकार निर्माण प्रर्किया 

बालुवाटारबाट बाहिरिएर ओलीकामा प्रचण्ड : 'देउवाको पद मोहले गठबन्धन टुट्यो !' 

आइतवार , पौष १०, २०७९


काठमाडौं, पुस । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएर बालकोट केपी ओलीकामा पुगेका छन । 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका हुन् । माओवादी केन्द्रका एक नेताले भने, ‘बालुवाटारमा कुरा नमिलेपछि अध्यक्ष बाहिरिनु भएको छ ।’
गठबन्धनमा पहिलो चरणमा प्रधानमन्त्री कसले लिने भनेर देउवा र प्रचण्डबीच कुरा नमिलेपछि  गठबन्धन टुटेको हो । कांग्रेस बृत्तभित्र यसअघि नै  प्रचण्डले प्रधानमन्त्री छोड्दैनन्,  उनलाई पहिलो चरण प्रधानमन्त्री दिएर राष्टपति तथा सभामुख पद लिन देउवालाई आग्रह गरिएको भएपनि उनले प्रधानमन्त्री पद त्याग्न नसक्दा गठबन्धन टुटेर काग्रेस प्रतिपक्षमा पुग्ने अवस्था आएको  एक नेताले बताए । 
कांग्रेसका ती नेताले भने,  कांग्रेसका कृष्णपूसाद सिटौलाले देउवालाई  एक हप्ताअघि नै भेटेर  प्रचण्डले प्रधानमन्त्री पद नदिए गठबन्धन छोड्छन,  एक  र्दुइ दिनअघि नै फाइनल गरौँ,  एमालेसँग क्रा मिलाईसकेका छन ,  भनेर कुरा राखेको जनाइएको छ । 
देउवाले जवाmमा होईन केही हुँदैन, कुरा मिल्छ भनेर जवाफ दिएको र त्यही क्रा देउवालाई  सम्झाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काा, ज्ञानेन्द्रबहादुर कार्की तथा प्रकाशशरण लगायतका नेतालाई  भन्दा उनीहरुले सो नमान्दा र नभन्दा गठबन्धन भत्किएको हो । 
ती नेताले भने, देउवाको पद मोहले कांग्रे धरापमा पर्दैछ ।  कम्युष्टि फृरि एक ठाउँ पुगे । यसदे देशलाई फृरि अप्ठारोमा पुग्दैछ । स्रोतका अनुसार,  साँझसम्म प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न राष्टपतिकहाँ जाने तयारी भईरहेको जनाइएको छ । अन्तिम दिनसम्म कांग्रेसलाई अल्झाएर तयारी गर्न नदिने, अन्तिममा गठबन्धन छोड्ने रणनीति नेकपा माओबादीको रहेको थियो । त्यो कुराको हेक्का कांग्रेसले राखेन । अन्ततः सरकार बाहिर हुने भयो, स्रोतले भन्यो ।  
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार