२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ सरकार निर्माण बहस 

प्रधानमन्त्री र राष्ट्रपति दुवैमा कांग्रेसको दाबी : " माओवादी  झस्किए कांग्रेससँग " 

शुक्रवार , पौष १, २०७९


काठमाडौँ, पुस । पाँच दलीय गठबन्धन बनाएर  निर्वाचनमा होमिएका दलहरु निर्बाचन परिणाम आशातित् आउन नसकेपछि सरकार निर्माणमा अन्यौलता सिर्जना भएको छ । निर्बाचनपछि माओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरेपछि अन्यौलता अझ बढेको हो ।

बीबीसीका अनुसार,  “स्वाभाविक रूपमा सबभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ छ,” कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने।
तर सरकारको नेतृत्व र राष्ट्रपतिमा भागबन्डाबारे कुनै निर्णय वा गम्भीर छलफल नभएको स्पष्ट पार्दै महतले भने, “कांग्रेस ठूलो अन्तरले ठूलो दल छ। त्यस कारणले राष्ट्रपतिमा पनि दाबी गर्नु अस्वाभाविक हुँदैन।”
प्रधानमन्त्री नछोड्ने कांग्रेस नेताहरूको अभिव्यक्ति र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे भइरहेका चर्चाका कारण माओवादी नेताहरू कांग्रेससँग झस्किएका छन्।
राजनीतिक प्रणालीमा गैरराजनीतिक नेतृत्व हुने कुरा “अवधारणागत रूपमै त्रुटिपूर्ण” हुने भन्दै माओवादी महासचिव देव गुरुङले त्यस्तो प्रस्तावमा आफ्नो दल सहमत नहुने बताए।
“यो व्यवस्थाको लागि सबैभन्दा बढी त्याग र बलिदान गरेको त माओवादी नै हो। यसको मुख्य हिस्सेदार वा यसको मुख्य प्रस्तावक त गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै हो। त्यस कारण मुलुकको सिस्टममाथि चुनौती पैदा भएको अवस्थामा नेतृत्व गर्न सक्ने व्यक्ति नै अघि बढ्ने हो,” उनले भने।
गुरुङ हालै एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए। तर बीबीसीको जिज्ञासामा उनले ओलीसँग भएको छलफलबारे विस्तृतमा खुलाएनन्। “त्यो सामान्य शिष्टाचार मात्रै हो। उहाँलाई बधाई दिन गएको हुँ,” उनले भने।
गठबन्धनकै सरकार बन्ला त ?
आगामी सरकार गठबन्धनकै बन्छ भन्नेमा कांग्रेस र माओवादी दुवै दलका नेताहरू पछिल्लो समय ढुक्न पर्न सकेका छैनन्। माओवादी नेता गुरुङले कांग्रेससँग एजेन्डाकै विषयमा छलफल हुन बाँकी रहेको बताए।
“नेतृत्वमा को भन्ने व्यक्ति हेरेर निर्णय गर्ने कुरा होइन। पहिले एजेन्डामा छलफल भएर एउटा टुङ्गोमा पुगेपछि व्यक्तिबारे छलफल गर्न सकिएला,” उनले भने।
कांग्रेस प्रवक्ता समेत रहेका तथा प्रधानमन्त्री देउवाका विश्वासपात्र महतले गठबन्धनकै सरकार बन्ने दाबी गरे। “अहिले हाम्रो यही विश्वास हो,” उनले भने।“हामी त्यसमा प्रतिबद्ध छौँ। सहभागी अरू दलहरू पनि त्यो कुराबाट विचलित हुनु हुन्न भन्ने आशा र विश्वास छ।” गठबन्धनमा अप्ठ्यारोको लक्षण नदेखिएको दाबी गर्दै विकल्पबारे सोचिनसकेको उनको दाबी छ।
माओवादी केन्द्रसँग तालमेल गरेर वाम गठबन्धन वा कांग्रेससँग सहकार्य गरेर लोकतान्त्रिक गठबन्धन बन्नेमा एमाले पनि विश्वस्त नभएको ज्ञवाली बताउँछन्। “हामी कांग्रेस र माओवादी दुवैसँग समदूरीमै छौँ,” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार