२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्वाचन

निर्बाचन आयोग : "समानुपातिकको मतगणना नसकी परिणाम घोषणा"

शनिवार , मंसिर १७, २०७९

 

काठमाडौं, मङ्सिर । निर्वाचन आयोगले अहिलेसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। यद्यपी निर्बाचन परिणाम आउन अझै केही दिन लाग्ने आयोगले बताएको छ । 
निर्बाचन आयोगको यसअघिको  ईतिहासमा सबै सम्पन्न भईसकेपछि प्रतिशत निर्धारण गरेर अनि क कसले राष्टिय मान्यता पाए  भनेर  सार्बजनिक गने प्रचलन थियो । 
हालसम्म करिव १५ लाख मत गणना गर्न बाँकी रहेको आयोगले बताएको छ । निर्बाचन आयोगको यस खालको ब्यवहारले कुनै दल ले राष्टिय पार्टीको मान्यता पाउनुपर्ने नपाएको देखाएर  ईष्र्या साँदेको जस्तो  ब्यबहार प्रदर्शन गरेको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल बनेका हुन्। यी सात दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेगरी तीन प्रतिशत थ्रेस होल्ड कटाएको उनको भनाइ छ। 

एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भइसकेको छ। न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना भइरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको जानकारी दिएका छन । 

उनले भने, ‘‘हालसम्म आज २०७९ साल मङ्सिर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्री भइसकेको अवस्था छ। प्राप्त मतको आधारमा सात वटा राजनीतिक दलले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ।’’ 

आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ। दलले पाएको मत सङ्ख्या अनुसार उनीहरूले बन्द सूचीमा पठाएका समानुपातिक सांसद निर्वाचित हुनेछन्। 
त्यसका लागि आयोगले दलले प्राप्त गरेको सङ्ख्या पठाउने र दलले आफूले बन्द सूचीमा पेस गरेका नामावलीको क्रमसङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन्। 
त्यसो गर्दा एक तिहाइ महिलाको सङ्ख्या भने राजनीतिक दलले पठाउनुपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार