२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

माथिल्लो डोल्पा : 'रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो ' 

शुक्रवार , मंसिर ९, २०७९

 
कर्णाली,  मङ्सिर । यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ ।
जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरूलाई आज डोल्पा सदरमुकाम पु¥याइएको हो । यसका लागि नेपाली सेनाको हेलिकोप्टरले आज सात फ्लाइट गरेको थियो । 
निर्वाचनका लागि चार हजारदेखि पाँच हजार मिटरको उचाइमा रहेका १२ मतदान केन्द्रमा खटाइएका मध्ये एक सय ३९ कर्मचारी रोकिएका थिए ।   उनीहरूलाई ओसार्न बिहीबार डोल्पा सदरमुकाम पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण फर्केको थियो । 
त्यसपछि आज हेलिकोप्टरको व्यवस्था मिलाएर माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्ध गाउँपालिकाका १२ मतदान केन्द्रका कर्मचारी ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिएका छन ।  
“सुरुमा मतपेटिका सङ्कलनमा प्राथमिकता, पछि मौसम प्रतिकूलता र प्राविधिक कारणले छिटो ल्याउन खोजिए पनि ढिला भयो,” प्रजिअ अधिकारीले भने “भिजेर, साल्दाङ् कुगाउँ, धो, तिलिङलगायत स्थानमा रहेका कर्मचारी र सुरक्षाकर्मी सबैलाई आज सकुशल सदरमुकाम डोल्पा पुर्याइएको छ ।” 
अत्यधिक चिसो, खान, बस्न र बिरामी हुने समस्यालाई बुझेर सरकारले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै कर्मचारी पवित्रा बोहोराले धन्यवाद दिएका छन । रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार