२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्बाचन 

गगनले काठमाडौं–५ का मतदातासँग प्रदीपलाई मत माग्दै भने : " गलत व्यक्ति जितायौँ भनेर पछुताउनु पर्दैन "

' प्रदीप पौडेल इमान्दार र आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्नसक्ने व्यक्ति '

बुधवार , कार्तिक ३०, २०७९


काठमाडौँ, कात्तिक । आगामी मंसिर ४ को निर्बाचनमा  काठमाडौं–५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई मतदातासँग कांग्रेस महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले भोट मागेका छन्।
महामन्त्री थापाले कांग्रेस नेता पौडेलको क्षेत्र नम्बर ५ का मतदातासँग भोट माग्दै भने, ‘पौडेललाई मत दिने मतदाताले मैले गलत व्यक्तिलाई मत दिएछु भनेर एक दिन र एक क्षण पनि पश्चातापमा पर्नु पर्दैन।’
थापाले बुधबार दिउँसो एक भिडियो सन्देशमार्फत काठमाडौं–५ का मतदातासँग कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्न आग्रह गरेका हुन्। उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाको उक्त भिडियो सन्देश सार्वजनिक गरेका छन्।
उक्त सन्देशमा थापाले पौडेललाई २०४६ सालको जनआन्दोलनका क्रममा भेटेदेखि आजका दिनसम्म बाक्लो सम्बन्ध रहेको र ३० वर्षदेखि दुईबीच सहकार्य हुँदै आएको बताएका छन्।

प्रदीप पौडेल इमान्दार र आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्नसक्ने व्यक्ति भएको भन्दै पौडेललाई जिताइ दिन मतदातासँग थापाले आग्रह गरेका हुन्।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार