२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्बाचन 

प्रधानमन्त्री देउवाले भने :  "मुलुकलाई स्थिरता र समृद्धीको बाटोतर्फ लैजान गठबन्धन" 

बुधवार , कार्तिक ३०, २०७९


काठमाडौँ, कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन । 
बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले संविधान मिचिने खतरा बढेकाले पनि गठबन्धन गर्नुपरेको बताएकाम हुन ।  
“संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्न खोजियो”, प्रधानमन्त्री देउवाले भने, “त्यसैले हामीले अस्थिरता अन्त्यका लागि गठबन्धन गरेर अघि बढेका हौँ ।”लामो समय मुलुकको विकास एवं समृद्धिका लागि अघि बढेकाले गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन उहाँले आग्रह गरे ।  

उनले स्थानीय सडक पूर्वाधार निर्माण, खानेपानी समस्या समाधान गर्नुका साथै बगरकोट शीर्ष रुपालसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको बताएका छन ।  “अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक बनाउने छौँ”, उनले भने,  “समग्र डडेल्धुराको विकासका काम अघि बढाइनेछ ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार