२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एमाले

अध्यक्ष ओलीले भने : 'राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार ! ' 

सोमवार , कार्तिक २१, २०७९


काठमाडौँ, कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन । 
स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य बनाउन, देशको रक्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको सरकारबाट मात्रै सम्भव रहेकाले मङ्सिर ४ पछि एमालेको सरकार आवश्यक रहेको बताए । 
“देशको भविष्य उज्यालोतर्फ लैजाने कि अँध्यारोतर्फ भन्ने फैसला गर्ने दिन मङ्सिर ४ गते हो”, उनले भने,  “देशलाई उज्यालोतर्फ लैजाने नै हो भने नेकपा एमालेलाई विजयी गराउन मतदातालाई अनुरोध छ ।” 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार