२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

सञ्चारमन्त्री कार्कीले भने :  " समृद्धि र स्थिरताका लागि साझा गठबन्धन " 

शुक्रवार , कार्तिक १८, २०७९


बिराटनगर, कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा समृद्धि र स्थिरताका लागि साझा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन । 
आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ का विभिन्न स्थानमा आज आयोजित सभामा उनले सुनसरी निर्वाचन क्षेत्र नं ४ लाई विराटनगर–धरानसँग जोड्न कुनै कसर बाँकी नराख्ने भन्दै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, र सञ्चार क्षेत्रको धेरै काम गरेको बताएका छन । 
उनले  प्रकाशपुर बजारलाई व्यवस्थित बनाउन चक्रपथ निर्माण गर्ने भन्दै विकास र समृद्धिका लागि भ्याएसम्म काम गर्ने बताए ।  यस क्षेत्रमा रहेका प्रशस्त सम्भावनालाई अवसरमा बदल्ने उनको भनाइ थियो । 
कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभाका उम्मेदवार सदानन्द मण्डलले झुठो र लालच बाँढ्ने उम्मेदवारसँग सावधान रहन आग्रह गरे ।  विगतमा नेपाली कांग्रेसले वर्चस्व स्थापना गरेकोे यस क्षेत्रमा साझा गठबन्धनका उम्मेदवारले विजय हासिल गरे मात्र विकास र समृद्धि हासिल हुने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार