२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

वरिष्ठ नेता पौडेलले भने : ' कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाइ अधिकार सम्पन्न बनाएकाे छ'

बिहिवार , कार्तिक १७, २०७९

तनहुँ, कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन ।  तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको  बताएका छन । 

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै  त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गरे । 

नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ”, उनले भने, “लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ । उनले सत्ता खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फ जाने भएकाले जनता सचेत हुनुपर्ने बताए । 

यहाँ आयोजित कार्यक्रममा बोल्दै पौडेलले तनहुँको छिम्केश्वरीलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताए ।  उनले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरिने प्रतिबद्धता व्यक्त गरे । 

छिम्केश्वरीको गुरुयोजना निर्माण गरेर यस ठाउँलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाइने पौडेलको भनाइ थियो । “आँबुखैरेनी तनहुँ र गोरखाको केन्द्र हो, लमजुङ र मनाङको पनि प्रवेश विन्दु हो । गण्डकी प्रदेश छिर्ने नाका पनि हो, यसलाई नमूना बनाएर सन्देश दिनुपर्छ,” पौडेलले  थपे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार