२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा माओवादी निर्बाचन घोषणापत्र

चुनावी प्रतिबद्धतापत्र : '२०४७ पछि सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने'

सोमवार , कार्तिक १४, २०७९


काठमाडौँ, कात्तिक । सत्ता गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन ।  उनले केही नीतिगत र कार्यक्रमगत रुपमा प्रतिबद्धता पत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिए ।  
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धता पत्रमा समावेश गरिएको बताए । 
माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उनले जानकारी दिएका छन ।  
प्रतिबद्धतापत्र तयारी समितिका सदस्य डा मिनबहादुर श्रेष्ठले प्रतिबद्धतापत्रमा समावेश गरिएका विषयवस्तुका बारेमा जानकारी गराएका थिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार