२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बाम - लोकतान्त्रिक गठबन्धन 

अध्यक्ष दाहालले भने : "निर्वाचनका लागि मात्र नभई संविधानको रक्षाका लागि हाे"  

“यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन, संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो”

शनिवार , आश्विन २९, २०७९


नेपाल कम्युनिष्ट पार्टी  (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) ले वर्तमान बाम लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् । यहाँस्थित सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन । 
उनले भने, “यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन”, अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो।” उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए। 
“पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो”, उनले भने, “अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ।”
फरक प्रसङ्गमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्त्व रहेको समेत बताए। 
“गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन”, उनले भने, “गोरखाको भूगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु।”
उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए।
 नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार