नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य प्रदीप पौडेलले काठमाडौँ ५ राजधानीको पनि राजधानी रहेको बताएका छन । उनले काडमाडौँ महानगरपालिका वडा नं ४ चण्डोमा शनिबार क्षेत्र नं ५ अन्तर्गत पाटीको निर्बाचन प्रचार कार्यालयको शुभारम्भ गर्दै उनले कार्यकर्ता माँझ यस्तो बताएका हुन ।
उनले भने, 'राष्टपति कार्यालय, प्रधानमन्त्री कार्यालय, देशका केही प्रमुख अस्पताल, प्रहरी प्रधान कार्यालयलगायत राज्य सञ्चालनका महत्वपूर्ण कार्यालय तथा बुढानिलकण्ठ जस्तो शैक्षिक संस्था पनि यही क्षेत्रमा पर्छ ।'
यनले थपे, 'यस क्षेत्रलाई सुब्यवस्थित बनाउनु एकातिर छ भने अर्को पक्ष जनमुखी बिकास अर्को चुनौती हो त्यो हामी गर्ने प्रतिबद्ध छौ । '
उनले पार्टी कार्यकर्तालाइ आश्वस्त पार्दै भने, 'दलभित्रको आन्तरिक समस्या पनि छन, ती समस्यालाई आफू कार्यकर्तालाइ मर्कामा पर्न 'हामी निर्बाचन आचारसंहिताभन्दा बाहिर जाँदैनौ, त्यस्तो काम गर्दैनौ जसबाट राजनीतिक संस्कृति बिकृत बनोस्, जसले गर्दा जनताले नेतामाथि औला ठड्याउने वातावरण नबनाऔँ, राजनीतिप्रति घृणा जगाउने खालका काम हुन नदिन प्रतिबद्ध छु । '
उनले थपे, 'नेपाली युवाहरु रोजगारी नपाएर विदेशिन बाध्य छन् । परिवारको छाक टार्न जीवन जोखिममा पार्न बाध्य छन् । काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशिन जान बाध्य भइरहेको छन, पौडेल भने, यो बौद्धिक पलायनको समस्या हो । यसलाई अंग्रेजीमा ब्रेन ड्रेन भनिन्छ । एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ । हामीले त्यस्तो नीति बनाउन सक्ने युवा नेतृत्वलाई यो चुनावबाट संसदमा पुर्याउन सक्नुपर्छ ।
उनले अर्को भ्रष्टाचार अर्को समस्या भएको बताए । अर्को समस्या करप्सनको हो, भ्रष्टाचारको हो । यदि भ्रष्टाचार यही ढंगले बढेर गयो भने राजनीतिले डेलिभर गर्न सक्दैन । राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, र करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास बाँकी रहँदैन । त्यसैले भ्रष्टाचार अन्त्य गर्न पनि प्रतिबद्ध नेतृत्व चयन गर्ने यो सुनौलो मौका हो, उनले भने ।