२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्री देउवाले भने : "स्थिति राम्रो छ, गठबन्धनभित्र अन्तरघात नभए राम्रो परिणाम आउँछ "

‘अब बाध्यताले बनेको गठबन्धनलाई सफल बनाउनुपर्ने अवस्था छ, सबैले लाग्नुपर्छ ’

शुक्रवार , आश्विन २८, २०७९


नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । 
केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए ।उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तरघात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । 
‘गठबन्धन भएको छ, सिटको बाँडफाँड हुँदा कतै पाइएको छ, कतै छोड्नुपरेको छ,’ बैठकमा सभापति देउवाले बोलेको उद्धृत गर्दै एक नेताले भने, ‘गठबन्धन र पार्टीभित्र अन्तरघात नभए राम्रो परिणाम आउँछ भन्ने लागेको छ ।’
पार्टीभित्र गठबन्धनको पक्षमा माहोल बनाउन प्रधानमन्त्री देउवाले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको,  चुनावको मिति घोषणा गर्दा आफूले निर्वाचनकै जानुपर्ने धारणा राखेको समेत स्मरण गरे ।
‘म त पहिल्यै निर्वाचनको पक्षमा थिएँ, मलाई तपाईंहरूले नै यतातिर तानेर ल्याउनुभएको हो, त्यसपछिको परिबन्धले यो गठबन्धन बनेको हो,’ बैठकमा देउवाले भनेका छन्, ‘अब बाध्यताले बनेको गठबन्धनलाई सफल बनाउनुपर्ने अवस्था छ । सबैले लाग्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार