२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता गठबन्धन दल बैठक

बागी उमेद्वारलाई शीर्ष नेताको निर्देशन : " उम्मेदवारी फिर्ता गर, नलिए निष्काशन "

मंगलवार , आश्विन २५, २०७९

त्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनको सहमति बिना उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । 
निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्काशन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार