२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेसभित्रको बिवाद 

समानुपातिक सूची सच्याइने : 'पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने देउवाको बचन' 

शेखर–गगन समूहले भने  : सम्मानजनक प्रतिनिधित्वको माग, नभए चुनावमा विद्रोहको चेतावनी 

बुधवार , आश्विन १२, २०७९


काठमाडौँ, असोज ।  समानुपातिकतर्फको स्रचि बनेपछि चर्किएको कांग्रेसभित्रको बिबाद मिलाउन  सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक शक्ति सन्तुलन मिलाउन तयारीमा लागेका  छन ।  शेखर कोइराला र गगन थापाको  बिद्रोहको  चेतावनीपछि सभापति देउवा समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न सहमत भएका हुन । 
 शेखर कोइराला र गगन थापा समूहले छुट्टै भेला–सभा गरेर आज्तरिक छलफलपछि सम्मानजनक सहभागिता नभए चुनावमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा  संसोधनको सूचिमा परिवर्तन गर्न लागेका हुन । 
 कांग्रेस प्रबत्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर नै निर्वाचन आयोगमा असोज ३ मै बुझाइएको प्रारम्भिक सूची हेरफेर गर्नसकिने बताए ।  
शेखर–गगन समूहको माग संशोधन गर्न मंगलबार साँझ  सभापति देउवाले पदाधिकारी बैठक गरेका छन ।  बैठक  आज, बुधबार, बिहान पनि बसेको छ । ‘म सबैलाई मिलाएर लैजान सूची सच्याउन तयार छु । सरसल्लाह गरौं,’ मंगलबारको पदाधिकारी बैठकमा देउवाले भनेक बालुवाटार स्रोतले बताएको छ । पार्टीको सानो कार्यदल बनाएरै समानुपातिक सूची परिमार्जन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगमा बुझाइएको सूचीमा असोज १६ सम्म हेरफेर गर्न मिल्छ ।
एक पक्षीय र प्राथमिकता बाहिरका नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको शेखर–गगन समूहको गुनासो छ । उनीहरूले पार्टी महाधिवेशनमा कोइरालालाई प्राप्त मतका आधारमा समानुपातिक उम्मेदवारमा ४० प्रतिशत हिस्सा दाबी गर्दै आएका छन् । 
उनीहरूको असन्तुष्टिलाई सत्ता गठबन्धनका अन्य दलले पनि चासो दिइरहेका छन्  । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट मिलाउन बालुवाटारमा निरन्तर बसिरहेको सत्ता गठबन्धन बैठकमा उनीहरूले चुनावी परिणाममा असर पर्न सक्ने भन्दै बारम्बार चासो प्रकट गरेपछि देउवा आन्तरिक विवाद मिलाउन थप दबाबमा परेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार