२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेकपा एमाले

सचिवालय बैठक आज बस्दै : 'समानुपातिकतर्फको उम्मेदवारको नामावली तय गर्ने '

आइतवार , आश्विन २, २०७९

 नेकपा एमाले
सचिवालय बैठक आज बस्दै : 'समानुपातिकतर्फको उम्मेदवारको नामावली तय गर्ने '
भक्तपुर,  असोज । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक  आज पनि बस्दैछ । 
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको शनिबारको  बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आइतबार बस्ने बैठकले निर्णय गर्ने तय गरेको  थियो ।  
एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराउनुभएको बताए । 
बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टर वाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले बताए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार