२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'सत्ता र शक्ति मोहमा नेपाली राजनीति'

बिहिवार , बैशाख २५, २०७७


केभिड १९ को महामारीले समग्र देशलाई गाँजेको छ । यस्तो महमारीका बेलामा सरकारलाई सहयोग गर्ने र समस्याबाट पार पाउन सबै एकजुट भएर समाधानमा लाग्नुपर्ने बेला भएको छ । यस्तो राष्ट्रिय संकटका बेलामा पद र पावरका निम्ति सत्तारुढ दलभित्र किचलो मच्चिएको छ । सरकारमा रहेको दलमा यस्तो किचलो देखापर्नाले देश र जनतामा कस्तो छाप पर्ला राजनीति गर्नेले सामान्य रुपमा पनि बुझ्न सक्छन ।
विश्वका सबै देश जनताको जीवन रक्षार्थ लागि आवश्यक नीति नियम बनाएर राहत र उद्धारमा लागी परेका बेलामा हामी नेपाली चाहिँ किन राजनीतिक किचलो र दाउपेचमा लागेका छौ ? के हिजोका दिन नेपाली जनताले यसैका निमित्त बलिदानी दिएका हुन त ? भन्ने विषयको मूल्याङकन गर्न सामान्य जनतालाई पनि समेत बुझ्न कठिनाई छैन ।
जे, जे ब्यवस्था फेरिय पनि जनताको जीवनस्तर र शैली फेरिएन । अझ यसले त देशमा भष्ट्राचार, अनियमितता बढ्दै गयो । नातावाद कृपावाद हाबी हुँदै गएको छ । राजनीति र शासन ब्यवस्थामा झन झन अधिनायकवाद हावी भएको छ । सर्वसाधारण वर्ग विवश भएर विदेशी भूमिमा पसिना बगाउन बाध्य भएका छन । तिनै जनताको ‘रेमिटेन्स’ ले आज सामन्ती सत्ताको लुछाचुडी गर्दैछन । त्यही पनि अझै पश्चताप छैन । के हिजोको दिनमा यसकै लागि हो, नेपाली जनताले क्रान्ति गरेका र आन्दोलनमा होमिएका ? यो प्रश्न सत्ताका ठेकेदारमाँझ सामान्य भइसकेको छ ।
हिजोका तात्कालीन बिद्रोर्ही कमाण्डर ’प्रचण्ड’ ले नेतृत्व गरेको जनयुद्ध केका निम्ति थियो । त्यो १०औं बर्षको युद्धले देश कहाँ पुग्यो ? यस विषयमा छलफल जरुरी छ, जब सत्ताको रापले छोएपछि सोझा सिधा गरीब जनता र अबोध बालबालिका लाइ बन्दुक भिराउनु र सत्ता कब्जाको बाटो रोज्नु, अनि जब लडेर ज्यान जोगाउन सकिन्न जस्तो भएपछि विदेशी भूमिमा बसेर सम्झौता गरी शासन व्यवस्थामा सहभागी हुने, त्यहि हो जनयुद्धको उपलब्धि ? अब जनताले बुझिसके, समय आएपछि हिसाब किताब गर्ने छ न ।

चाहे त्यो नेपाली इतिहासको कालो दिन, जननेता मदन भण्डारी हत्या, राजदरबार हत्याकाण्ड, नै किन नहोस । यतिको बर्षसम्म पनि गम्भीरतापूर्वक छानविन गर्न नसक्नु, खाली विदेशी शक्तिको चलखेलमा लागि सरकार बनाउने र गिराउने खेलमा सहभागी हुनु, देश विकास र समृद्धि एवं राष्ट्रियता विषयमा बोल्न नसक्नाले,अब नेपाली जनताले आफ्नो अधिकार सुनिश्चित गर्ने विषयमा एक ढिक्का हुने बेला आएको हँुदा, सबै नेता र पार्टीको रुप देखिन्छ । कागतीको बोट मा सुन्तला फल्दैन । हिजो नेताले नै सिकाको बाटोमा जनता लागे भने कस्तोे स्थिति सिर्जना होला ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार