२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री शाह : राष्ट्रसंघ महासभामा न्युयोर्क जाने

शुक्रवार , भाद्र १९, २०८३

प्रधानमन्त्री शाह : राष्ट्रसंघ महासभामा न्युयोर्क जाने

काठमाडौं, भदौ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्। सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको आग्रहपछि प्रधानमन्त्री शाह आफैं न्युयोर्क जाने तयारीमा जुटेको उच्च स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको यो भ्रमण छोटो हुनेछ, प्रधानमन्त्री सचिवालय स्रोत भन्छ, प्रतिनिधिमण्डलको टोली पनि सानो बनाइनेछ। भदौ ३ मा मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेको थियो।

तर, भदौ १० को विनाशकारी भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको स्थिति बुझाउन प्रधानमन्त्री आफैं जानुपर्ने दबाब बढेको थियो। महासभाको ८१औं सत्र भदौ २२ देखि सुरु हुँदैछ। उच्चस्तरीय बहस भने असोज ६ देखि सुरु हुनेछ। महासभामा सहभागी भए चैत १३ मा पद सम्हालेपछि प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार