२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेसभित्रको बिबाद

पार्टी एकढिक्का बनाउन शेखरले गरे नेतासँग छलफल

मंगलवार , भाद्र १६, २०८३

 

काठमाडौं, भदौ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक समस्या तथा पार्टीलाई एकढिक्का बनाउने विषयमा विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्।

 विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले बोलाएको छलफलमा कांग्रेसका नेता तथा सांसदहरूको सहभागिता थियो। 

छलफलमा धनराज गुरुङ,बलबहादुर केसी,बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मिनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, जीवन परियार, दिलेन्द्र बडु, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भूपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ, हरि अधिकारी, विश्व अर्याल र हुर्मत न्यौपाने लगायत सहभागी थिए।

यस्तै, संघीय सांसदहरू गीता सेन्दाङ,डा। चन्द्रमोहन यादव, रेखा यादव,रुक्मिणी कोइराला र रिना उप्रेती तथा राष्ट्रियसभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायतको पनि सहभागिता रहेको थियो।


पार्टीभित्रको समस्या समाधान र एकता कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। 
यसअघि कोइरालाले भदौ १४ गते शशांक कोइराला र भदौ १५ गते शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार