काठमाडौं, साउन ।
कांग्रेस नेता शेखर कोइरालाले न्यायपालिकाबाट न्याय हुने र फेरि कांग्रेस एक ढिक्का हुने बताएका छन् । संस्थापन इतरले आयोजना गरेको भेलामा उनले यस्तो धारणा राखेका हुन् ।
उनले भने, 'कांग्रेस एक ढिक्का हुन्छ र हुन जरुरी छ । कांग्रेस एक हुनासाथ अन्य दलसँग सहकार्यको प्रक्रिया अघि बढ्छ ।'
' जसले कांग्रेस मात्रै नभइ देशको भविष्य नै उज्जल हुन्छ । अहिले देश संकटमा छ, देशको भविष्य अन्योलमा छ ।
हामी सबैले देखिरहेका छौं संसद् कसरी चलिरहेको छ । प्रजातन्त्रको जरा प्रेस स्वतन्त्रता हो तर यसमाथि धावा बोलिरहेको छ ।'
उनले न्यायपालिकामाथि पनि संकटको अवस्था आएको बताएका छन् । उनले भने, ' न्यायपालिका स्वतन्त्र मात्रै होइन निश्पक्ष हुनुपर्छ ।
जनताको घरमा प्रहरी प्रशासनले अनाहकमा खानतलासी गरिरहेको छ । यस्तो प्रजातन्त्रमा हुनु हुँदैन । ' - कान्तीपुरबाट