२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विशेष अदालत काठमाडौं

व्यवसायी दीपक भट्ट : थुनामा पठाउने आदेश

बुधवार , श्रावण २७, २०८३

 

काठमाडौं, साउन ।

विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ। 

विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो।

 

थुनछेक बहसपछि अदालतले व्यवसायी भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

राजनीतिक आवरणमा रहेर ठूला सरकारी ठेक्कापट्टा र शंकास्पद आर्थिक कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ।

उनीविरुद्ध जेठ २८ गते सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको हो। उनीसँग २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ विगो माग गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार