२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज विभिन्न पाँचओटा संसदीय समितिको बैठक बस्दै

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ,साउन । आज विभिन्न पाँचओटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्राप्त सूचनाअनुसार आज अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो।

समितिहरूको बैठक र सम्भावित कार्यसूचीअनुसार बिहान १०ः०० बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, देखिएका चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ। 

त्यसैगरी, बिहान ११ः०० बजे अर्थ समितिको बैठक बस्नेछ जसमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ भने सोही समयमा (बिहान ११ः०० बजे) बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा’ आयोगका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूची तय गरिएको छ।

अपराह्न १ः०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल हुनेछ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अपराह्न २ः३० बजे बस्नेछ, जसमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयहरूमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार