२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा संसदीय समिति

सभामुखले गरे संसदीय समितिका- ' सभापति तथा सचिवसँग छलफल '

शुक्रवार , श्रावण १५, २०८३

 

काठमाडौं, साउन ।

सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गरेका छन्। छलफलमा संसदीय समितिहरूको काम कारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।

अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर गर्नुहोस्। कानुन र विधिको पालना गर्दै अनुगमन गर्नुहोस्, उनले भने।

सरकारलाई सुझाव तथा सल्लाह दिँदा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयनयोग्य सुझाव दिनुपर्नेमा उनले आग्रह गरे।

सभामुख अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गरे। साथै, विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरेर आवश्यक परिमार्जनसहित प्रतिनिधिसभामा पेश गर्न पनि उनले सुझाव दिए।

छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न तथा थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।

समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायबारे सभापति तथा सचिवहरूले पनि आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार