२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारका सय दिन : ' उत्साहजनक रह्रयो गरेका काम '

ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेजी, खर्च कटौतीमा जोड

शनिवार , आषाढ २०, २०८३

काठमाडौँ, असार ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको आज सय दिन पूरा भएको छ । 

सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका उपलब्धिको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन ।  

वर्तमान सरकारले सय दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको हो ।

प्रवक्ता मन्त्री पोखरेलले सार्वजनिक गरेको उपलब्धि विवरणको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धता पत्रमा उल्लेख भए बमोजिम सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए ।

 उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपियाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको जानकारी दिए ।

यसैगरी, अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने सरकारको नीति रहेको उनले स्पष्ट पारे । 

राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनहरूको खारेजीलगायतका सुधारात्मक कार्यहरूबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार