२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संवैधानिक परिषद्को बैठक : ' आज अपरान्ह ५ बजे बस्दै '

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौँ, असार ।

प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन । 

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले शुक्रबार साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन । 

बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि सिफारिस गर्न यो बैठक बोलाइएको हो । 

हाल निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग र मुस्लिम आयोग लगायतका केही आयोगहरूमा अध्यक्ष तथा सदस्य पद रिक्त रहेका छन् ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्री शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी ठाकुर, प्रधानन्यायाधीश मनोजकुमार शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्दम्बे सदस्य हुन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार