२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल

अध्यक्ष साम्पाङको माग : ' प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्'

पक्राउ परेका युवालाई दुःख

सोमवार , आषाढ १, २०८३

 

काठमाडौं, असार ।

आज बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

सोमबारको बैठकमा बोल्दै सांसद राईले भने, ' प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस् । यो हाम्रो हाम्रो माग हो । '

उनले थपे सभामुखज्यूले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भनेर पर्खिरहेका छौं। यसमा हाम्रो माग यथावत् छ। ' उनले सुस्तामा भारतीय सशस्त्र सीमा बल -एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

' त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका राष्ट्रभक्त युवा अजय सोडारी र दीर्जन विकलाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाउने तयारी गरिएको भन्ने सूचना आएको उल्लेख गर्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए।

उनले ती युवालाई अनावश्यक दुःख नदिन आग्रह गरे। त्यस्तै,उनले एसईई परीक्षाका क्रममा विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको घटनाप्रति पनि ध्यानाकर्षण गराउँदै त्यसको आदेश दिने व्यक्तिमाथि कडा कारबाही गर्न माग गरे।

सांसद राईले एक महिलाको टेम्पु भीरबाट खसालेको दृश्यले आफू मर्माहत भएको बताउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे।

उनले घरमाथि ढुंगामुढा प्रहार गरिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यस्ता घटनाको पनि छानबिन गर्नुपर्ने बताए। साथै,राईले देशमा लोकतन्त्रको सुनिश्चितता गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार