२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सार्वजनिक सुनुवाइ समिति बैठक

प्रधानन्यायाधीशमा शर्माबारे छलफल : ' शर्मा सर्वसम्मत स्वीकृत '

शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए

मंगलवार , जेठ ५, २०८३

 

काठमाडौं, जेठ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माको नाम सर्वसम्मतले स्वीकृत भएको छ। संसदको सार्वजनिक सुनुवाइ समितिको मंगलबार बसेको बैठकले शर्माविरुद्ध परेका उजुरीमाथि छलफल गर्दै प्रधानन्यायाधीशमा स्वीकृत गर्ने निर्णय गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठले बैठकबाट प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए। समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए। उजुरीबारे उनीसँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो।" संवैधानिक परिषदले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

संवैधानिक परिषदले चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पहिलो वरियतामा छन् भने वरिष्ठ न्यायाधीश कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुयाल तेस्रो वरियतामा छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार