२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको नीति तथा कार्यक्रम

कांग्रेस नेता आङदेम्बेले भने  : '  सरकारले प्रक्रिया पुरा गरेन '

शनिवार , जेठ २, २०८३

 

काठमाडौं, जेठ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषय बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल मोवाईल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै बिषय छुटेको भन्दै त्यस्ता बिषयमा बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका हुन् ।

उनले नीति तथा कार्यक्रमको छलफललाई केहि घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि व्यक्त गरे । यसअघि तीन दिन हुने छलफललाई घण्टामा सक्काउँदा सरकारले आवश्यक प्रक्रिया पुरा नगरेको उनले बताए ।

उनले नीति तथा कार्यक्रममा धेरै छलफल गर्न नपाए पनि प्रिबजेटमा भने पर्याप्त छलफल हुने विश्वास व्यक्त गरे ।

आङदेम्बेले विरोधको निम्ति विरोध गर्ने प्रतिपक्षीको हिजोको शैली अब नदोहरिने भन्दै परिणामको निम्ति साथ दिने धारणा राखे । तर सरकारको क्रियाकलाप हेर्दा परिणाम दिने बाटो तय भएको जस्तो अनुभूति नभएको उनको भनाइ छ ।

त्यस्तै आङदेम्बेले सकारात्मक सोचका सरकारका राम्रा कुरालाई साथ र नराम्रा कुरामा सजक गराउने गरी प्रतिपक्ष बेन्चमा प्रस्तुत भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार