२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देउवालगायत शीर्ष नेता अभिभावक

उपसभापति शर्माले भने : " देशको नेतृत्व बदलिएको कांग्रेसल गर्छ "

बिहिवार , फाल्गुण १४, २०८२

 

परासी, फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शीर्ष नेताहरूको अभिभावकत्वमा बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने बताएका छन् ।

वर्तमान राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने पार्टी कांग्रेस मात्र रहेको दाबी गर्दै सक्षम र विज्ञहरूको परफेक्ट टिमसहित सरकारको नेतृत्व गर्ने शर्माको भनाइ छ ।

नवलपरासीमा रहेका दुईवटा निर्वाचन क्षेत्रमा पर्ने चौपाता र परासीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले गगन थापा नेतृत्वमा अनुभवी र योग्य व्यक्तिहरूलाई समेटेर अघि बढ्ने बताए । गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौं ।

उहाँको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ ,' शर्माले भने ।

प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो नभएको उल्लेख गर्दै उनले देश विकासका लागि सिंगो टिम आवश्यक पर्ने धारणा राखे । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन । देश बनाउन सशक्त र सक्षम टिम चाहिन्छ । त्यो टिम कांग्रेसले बनाएर अघि बढ्छ,' उनले भने।

देशभरका कांग्रेस उम्मेदवारले गरेका प्रतिबद्धता कांग्रेस पार्टीको प्रतिबद्धता भएको र त्यो पूरा हुने उनले मतदातालाई आश्वासन दिए । कांग्रेसले जुन कुरा गर्न सक्छ त्यो कुरा गर्छ ।

अहिले उम्मेदवारहरूले गरेको प्रतिबद्धता भावी प्रधानमन्त्री गगनको पनि प्रतिबद्धता हो । त्यसैले जिम्मेवार पार्टीका हैसियतले ती प्रतिबद्धता पूरा हुन्छन् म वाचा गर्छु ,'नेता शर्माले भने ।

विभिन्न दलमा रहेका नेता र कार्यकर्ताहरू अहिले कांग्रेसमा आउने लहर आएको भन्दै नयाँ पुस्ताका माग र चाहनालाई पूरा गर्न पनि कांग्रेसका उम्मेदवारलाई जिताएर पठाउन उनले आग्रह गरे ।

कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ मा उद्योगपति एवं निवर्तमान सांसद बिनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) लाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार