रानी, पुस । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन । अन्य दलबाट उम्मेदवार नआएपछि थापा निर्विरोध निर्वाचित भएक हुन ।
उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने पुस २७ गते हुनेछ। यसैबिच, कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस - एमाले गठबन्धन तथा नेकपाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
कांग्रेस( एमाले गठबन्धनबाट दलिततर्फ नेकपा (एमाले) का सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले उम्मेदवारी दर्ता गराएका छन । रोशनी मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई हुनु हुन्छ भने, सोम पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल रहेका छन ।
कांग्रेस उम्मेदवार सुनिल थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई हुन। यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्।
नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन । न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छिन भने खेमराज सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमनारायण माझी रहेका छन ।